देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाह्रबिसे क्षेत्रमा उद्धारमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन

0

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रका बाढी र पहिरो पीडितको उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार ट्वीत गर्दै कांग्ेस सभापति देउवाले बाढी र पहिरो पीडितको उद्धारकार्यमा खटिन त्यहाँका कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । बिहीबार आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रका करीब एक दर्जन घर बगाएको छ ।

कम्तिमा १६ जना मानिस बेपत्ता छन् । जलविद्युत आयोजनामा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ । साथै, सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले आग्रह गरेका छन् ।

माइक्रो ब्लगिङ साईत ट्वीटरमा सभापति देउवाले लेखेका छन्, ‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको छ । म सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’

भोटेकोसीसँगै वरपरका खाेलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ । बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खाेला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार