देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाका वस्तीमा सिल

0

(काठमाडौं) – धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । बाह्रबिसे नगरपालिका–९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको हो ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमणको आशंका देखिएपछि गाउँ र उनको माइती गाउँलाई सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपालचोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ बलेफी गाउँपालिकाकाको ८ र ९ नम्बर वडा सिल गरिएको बताए ।

अब ती वडाबाट कोही व्यक्ति बाहिर आवतजावत गर्न र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप सर्तकता अपनाइएको उनले बताए ।

ती स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । त्यस्तै नेपाली सेनालाई पनि सुरक्षामा खटाउन पत्राचार गरिसकेको उनले बताए । मृतक महिलाको स्वास्थ्य परीक्षणको रिपोर्ट धुलिखेल अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको छ ।

मृतक महिलाका आफन्तको स्वाब संकलन :

मृतक महिलाका शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको संक्रमण भए्नभएको परीक्षण गर्न शनिबरा दिउँसो स्वाब संकलन गरिएको र उनीहरूलाई अस्पतालको क्वारेन्टिनमा राखिएको छ ।

महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकल लगायत गार्ड समेतको स्वाब संकलन गरी उनीहरुलाई पनि अस्पतालको क्वारेन्टिनमा राखिएको छ । मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि शुक्रबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार