देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिदाको दिन मापसे गरेर सरकारी मोटरसाइकल चलाउने कर्मचारी पक्राउ

0

काठमाडौं – कैलालीको अत्तरियामा शनिबार जाँडरक्सी खाएर सरकारी मोटरसाइकल चलाउने कर्मचारी पक्राउ परेका छन् ।

डाेटीकाे दिपायल सिलगढी नगरपालिकाको से१ब ८३८ नम्बरको मोटरसाइकल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको टोलीले नियन्त्रणमा लिएको हो ।

सिलगढी नगरपालिकाका लेखापाल भक्तराज भट्टले मापसे गरी चलाइएको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

नियन्त्रणमा लिइएको आवश्यक सोधपुछ पश्चात चालक भट्टलाई एक हजार जरिवाना तिराएर छोडिएको छ । उक्त मोटरसाइकलमा पछाडि युवती पनि सवार थिइन् ।

सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिए पनि मापसे गरेका कारण जरिवाना गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार