देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिनाकसुर बिद्यार्थी नियन्त्रणमा लिनु नेकपा सरकारको अमानवीय र निन्दनीय रबैया – नेबिसंघ

0

काठमाण्डौं – नेपाल बिद्यार्थी संघका नेता दिपक ओझालाइ बुधबार बिनाकारण अत्तरिया,कैलाली बाट गिरफ्तार गरिएको घटना प्रति नेपाल बिद्यार्थी संघले खेद व्यक्त गरेको छ ।  सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन मार्फत नेबिसंघका नेता हरुलाइ धरपकड,पक्राउ र यातना दिइनु नेकपा सरकारको अत्यन्त अमानवीय र निन्दनीय रबैया भएको नेबिसंघले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

नेबिसंघ केन्द्रिय अध्यक्ष राजिव ढुंगानाद्वारा बिहिबार जारी विज्ञप्तिमा “राजनैतिक प्रतिशोधका आधारमा संघका नेता हरुलाइ पक्राउ गर्ने, झुट्टा मुद्दा लगाउने र विद्यार्थी आन्दोलन लाई कमजोर बनाउने सरकारको एक पछि अर्को गतिविधिले सरकार पंचायत कालिन मानसिकताका साथ अघि वढेको प्रष्ट हुन्छ। यस्ता गतिविधिको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं।” भनिएको छ ।

नेबिसंघ केन्द्रिय महामन्त्री बलदेव तिमल्सिनाले दशैं अवधि भर विभिन्न स्थानवाट नेविसंघका नेता, कार्यकर्ता हरुलाई धरपकड गर्ने, झुठा मुद्दा लगाउने तथा यातना समेत दिइएका घटनाहरु सुन्नमा आएको भन्दै सरकारको तावेदारी गर्न प्रतिपक्षि विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु लाई विना कारण पक्रिने, झुठा मुद्दा लगाउने तथा हिरासत भित्रै यातना दिने कार्यमा संलग्न प्रहरी प्रशासनका अधिकारी हरुलाई तेसो नगर्न चेतावनी दिएका छन् । हिरासत भित्र यातना दिने र मानव अधिकारको उल्लंघन गर्ने कार्यमा संलग्न हुने हरुलाई कानुनको कठघरामा उभ्याइने समेत महामन्त्री तिमल्सिनाले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार