देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिनानिष्कर्ष टुंगियो बालकोट बैठक

0

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता सकिएको छ ।

दुई शीर्ष नेताहरुबीच घनीभूत छलफल भए पनि बैठकले ठोस निर्णय भने लिन सकेन । बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी र संसद्बाट अनुमोदन गर्न प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री देउवाको जवाफ दिँदै अध्यक्ष ओलीले भने आफ्नो पूरानै अडान दोहोर्याएका थिए । ओलीले एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही गरेको सूचना टाँस्नुपर्ने बताए ।

‘पहिले एमसीसीलाई अनुमोदन गरौँ त्यसपछि सबै विषयमा छलफल गरेर अगाडि बढौँला,’ प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने ।

कांग्रेसको तर्फबाट देउवासहित सञ्चारमन्त्री कार्की, कांग्रेस महामन्त्री गगन थापा र पूर्णबहादुर खड्का बैठकमा सहभागी थिए । एमालेको तर्फबाट भने अध्यक्ष केपी ओलीसहित महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार