देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न ४ पक्राउ

0

(काठमाडौं) – बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न ४ जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

बिना अनुमति ड्रोन उडाउने ललितपुर महानगरपालिका–१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी शाक्य सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार