देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिपी प्रतिष्ठानमा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन सुरु

0

काठमाण्डौं – धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको  कोभिड–१९ अस्पतालका भेन्टिलेटरहरु ३ महिना पनि नपुग्दै बिग्रिएका छन् । अहिले उपचारमा आएका संक्रमितहरुलाई समस्या परेपछी उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

संघीय र प्रदेश सरकारको करिब साढे १२ करोड बजेटबाट तयार गरेको कोभिड अस्पतालमा जडान गरिएका १० वटा भेन्टिलेटर मध्ये ६ वटाले काम नगरेर थन्किएपछि  भेन्टिलेटरकै अभावमा संक्रमितको ज्यान गएको  थियो ।

कोरोना महामारीको  बेला कोभिड अस्पतालको औषधी, मेशिन तथा उपकरण खरिदमा व्यापारीसँगको मिलेमतोमा उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीका सल्लाहाकार भनिएका स्वकीय सचिव दिलिप भट्टराईको संलग्नतामा खरिद प्रक्रिया विपरित कमसल सामान खरिद गरेको आरोप लाग्दै आएको छ ।

कोभिड अस्पतालमा आर्थिक अनियमिता भएका र नयाँ खरिद गरिएका भेन्टिलेटर तीन महिना नपुग्दै बिग्रिएर काम नलाग्ने भएको गुनासो बाहिर आएपछि स्थलगत निरीक्षण गरी छानबिन अघि बढाइएको अख्तियार अनुसन्धान आयोग इटहरीले जनाएको छ ।

यसअघि प्रतिष्ठानलाई करोडौं रुपैयाँ नोक्सान पु¥याएको ठहर भई अख्तियारले विशेष अदालतमा मुद्वा दायर गरिएका व्यक्ति चेतन अग्रवालसँग साँठगाठ गरि उपकुलपति ज्ञानेन्द्र गिरीले कमसल उपकरण खरिद गरेको खुलासा भएपछि अख्तियारको टोलीले स्थलगत छानबिन थालेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार