देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिव्यसको अधिकार कटौतीप्रति महासंघको ध्यानाकर्षण

0

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा मन्त्रालयको पछिल्लो कदमप्रति आपत्ति जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गर्ने गरी शिक्षा मन्त्रालयले शिक्षक सरुवा मापदण्ड बनाउन लागेको खबर सार्वजनिक भएसँगै महासंघले आपत्ति जनाएको केन्द्रिय सचिव मञ्जु नेपाल भणडारीले बताइन् ।

सचिव भण्डारीका अनुसार शिक्षा नियमावलीको अनुसुची १७ परिवर्तन गरेर अधिकार कटौती गर्दा यसले दिर्घकालिन असर पार्ने भन्दै शुक्रबार शिक्षा मन्त्री सुमना श्रेष्ठ, शिक्षा सचिव डा. दिपक काफ्ले र रास्वपाकाे प्रमुख सचेतक सन्ताेष परियार समक्ष ध्यानाकर्षणपत्र बुझाएको हो ।

विद्यालयको हक हितमा काम गर्दै आउको महासंघको न्यायोचित मागलाई सरकारले नजरअन्दाज गर्छ भने खबरदारीका थप कार्यक्रम अघी बढाउन महासंघ बाध्यहुने उनको भनाइ थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार