देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिष्णु पौडेललगायत ओली पक्षिय नेताहरु नेपाल निवासमा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरू बरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।

एमाले महासचिब बिष्णु पौडेललगायत नेताहरू बिहान नौ बजेतिर नेपालको  निवासमा पुगेको र अहिले दुबै पक्षबीच छलफल जारी रहेको स्रोतले जानकारी दियो।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत दलको ह्वीप उल्लंघन गर्दै नेपाल पक्षका २८ जना सांसदले बहिष्कार गरेका थिए ।

प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज (बिहीबार) राति ९ बजेसम्मको समय दिएकी थिइन्।

उक्त समय सकिने दिन ओली पक्षीय नेताहरू छलफलका लागि नेता नेपालको निवासमा पुगेका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार