देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिहारको मुख्यमन्त्रीमा नवौं पटक नितिशकुमार

0

काठमाडौं – नितिश कुमारले आइतबार साँझ ५ बजे बिहारको नवौँ मुख्यमन्त्रीका रुपमा शपथ लिएका छन्। राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आइतबार बिहान ११ बजे आठौं मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिशले आजै नवौँ मुख्यमन्त्रीका रुपमा शपथ लिएका हुन् ।

भारतीय जनता पार्टीका प्रदेशाध्यक्ष सम्राट चौधरी र प्रतिपक्षी नेता रहेका विजय सिन्हालाई उपमुख्यमन्त्री बनाइएको छ।

साँझ ५ बजे भएको सपथ समारोहमा नितिश कुमारसँगै जम्मा ८ मन्त्रीले शथप लिएका छन्। 

मन्त्रीमा मुख्यमन्त्रीसमेत २ कुर्मी, २ भूमिहार, १-१ राजपूत, दलित, कहार, कोइरी र यादव छन्। 

कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन्। 

विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एक-एक सदस्य छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार