देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिहिबारदेखि राजदूतको संसदीय सुनुवाई हुँदै

0

काठमाण्डौं – सरकारले गत बिहीबार अमेरिका, बेलायत र दक्षिण अफ्रिकाको लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरु हुने भएको छ । मंगलबार अपरान्ह क्याबिनेटको उक्त निर्णय संसद सचिवालयमार्फत् प्राप्त भएपछि समितिको बुधबार बसेको बैठकले बिहिबारदेखि सुनुवाई प्रक्रिया औपचारिक रूपमा शुरु गर्न लागेको हो ।

समितिले आगामी १० दिनभित्र प्रस्तावित राजदूतहरू क्रमशः युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा राजदूतको लागि अयोग्य भए औपचारिक वा अनौपचारिक रूपमा उजुरी गर्न सर्वसाधारणसमक्ष आह्वान गरेको छ ।

अमेरिकाको लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेट भाषण गर्ने क्रममा संसदका कर्मचारीले पाउँदै आएको उपस्थित भएको दिन बैठक भत्ताबापत दुई हजार रूपैयाँ भत्ता कटौति गरिदिएका थिए । अहिले त्यहि भत्ता कटौतीमा परेका कर्मचारीले कोरोना महामारीको समयमा पनि खतिवडाको संसदीय सुनुवाईको आवश्यक प्रबन्ध र व्यवस्थापन गरिरहेका छन् ।

संसदमा कूल कर्मचारी संख्या साढे तीन सयको हाराहारीमा छ । पहिले ८० र पछिल्लो वर्ष ५० प्रतिशत भत्तावापत दिँदै आएको झण्डै एक करोड हाराहारीको उक्त बजेट यो वर्षदेखि लागू हुनेगरी खतिवडाले नै कटौति गरिदिएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार