देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिहीबार थप २ हजार ३६४ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ सय ८० पुरुष र ९८४ महिला गरी २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो ।

बिहीबार काठमाडौं उपत्यकामा थप १ हजार ६१५ कोरोना संक्रमित देखिएका छन् । मन्त्रालयको दिएको जानकारी अनुसार संक्रमितमा ७०४ महिला र ९११ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना नयाा संक्रमित थपिएका हुन् । योसँगै हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको मन्त्रालयले जनाएको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९ सय ५२ छ । त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । मन्त्रालयले देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको बिहीबार जानकारी दिएको हो । मन्त्रालयको वेबसाइट अनुसार पछिल्लो २४ घण्टामा थप १७ को मृत्यु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार