देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिहीबार थप ३ हजार ६३६ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा बिहीबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ पीसीआर परीक्षण गरिएकोमा ३ हजार ६ सय ३७ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार एकैदिन हालसम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार मन्त्रालयमा आयोजित नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जानकारी दिए ।

नेपालमा सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५५२ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २८३ , ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना संक्रमित देखिएका हुन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको १ लाख २ हजार ८२० संख्या पुगेको छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार