देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बीआरआई कार्यान्वयको अन्तिम तयारीमा छौं – प्रधानमन्त्री दाहाल

0

काठमाडौं – प्रधानमन्त्री पु्ष्पकमल दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्।

नेपाल-चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०१७ मा नेपाल बीआरआई परियोजनामा सामेल भएको र अहिले  त्यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच क्रस बोर्डर इकोनोमिक जोन,सडक करिडोर,रेल,ट्रान्समिसन लाइनमा काम भइरहेको बताए। उनले केही समयअघि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेको बताए ।

आर्थिक सहयोग र साझेदारी अघि बढाउने विषयमा आफू र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच छलफल भएको प्रधानमन्त्री दाहालले बताए। उनले  चिनियाँ राष्ट्रपति सी र आफूले क्रस बोर्डर कनेक्टिभिटीलाई मजबुत पार्ने विषयमा गम्भीर छलफल भएको बताए।

नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई मुलु्कको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार