देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

0

रुपन्देही – कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना अस्पतालको आईसीयूमा उपचाररत देवदह नगरपालिका ११ का ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएका ती पुरुषको पीसीआर पोजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा राखी उपचार भइरहेको थियो ।

उपचारकै क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मृतकको मिर्गाैला र रगतमा खराबी रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार