देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

0

रूपन्देही – बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

कोरोना संक्रमित बुटवल उपमहानगरपालीका–१४ की ७१ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी उनको बुधबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

उनी दीर्घरोगी रहेको र श्वासप्रश्वासको समस्या रहेको डा.गौतमले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार