देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

0

रुपन्देही – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बुटवलमा उपचाररत थप एक जनाको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका-८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

विगत ९ दिनदेखि आइसीयूमा उपचार भइरहेकामा उनको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

भदौ ४ गते अस्पताल भर्ना भएका ७८ वर्षीय संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार