देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

0

बुटवल – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ बनगाईकी ७० वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारको क्रममा बिहीबार साँझ ५ बजे उनको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

असोज २ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आएकी उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालकै फिभर क्लिनिकमा राखी उपचार भईरहेको थियो ।

उनलाई असोज ५ गते कोरोना विशेष अस्पतालको आइसीयूमा सारिएको थियो । उनी दम र मिर्गौला बिरामी थिईन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार