देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा जनाको मृत्यु

0

काठमाडौं – रुपन्देहीको बुटवलमा सोमबार बिहानै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन्।

सडकमा रोकिराखेको ना २ ख ९७७२ नम्बरको पराल बोकेको ट्रकमा सोही दिशाबाट आएको लु ३ च ४४४२ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित कोरियन कलेज अगाडी रोकिराखेको ट्रकमा कार ठोक्किएर उक्त दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।।

दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ का २८ वर्षीय सविन चौधरी, बुटवल १३ कै २७ वर्षीय गोविन्द चौधरी र बुटवल १२ का २६ वर्षीय नविन श्रेष्ठ रहेका छन्। दुर्घटनामा बुटवल–१२ का भागिरथ चौधरी र अनिश जिसी गम्भीर घाइते भएका छन् ।

घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार