देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुटववलको कोरोना अस्पतालमा उपचाररत एकको मृत्यु

0

रुपन्देही – बुटववलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-७ का ७५ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको हो ।

उनमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

उनी फोक्सोका दीर्घ रोगी थिए । यससँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार