देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुढानिलकण्ठ बाट सोझै बालुवाटार हानिए महन्थ र राजेन्द्र

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं –जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टालामो छलफल पछी ठाकुर र महतो भर्खरै बालुवाटार पुगेका हुन्।

एमाले भित्रको खनाल–नेपाल पक्षले समेत प्रधानमन्त्री ओलीलाई साथ नदिने तयारी गर्दै गर्दा उनीहरु देउवालाई भेट्न पुगेका हुन् ।

कांग्रेस उच्च स्रोतका अनुसार खनाल–नेपाल पक्षले ओलीलाई साथ नदिने भएमा जसपा पनि ओलीलाई साथ नदिने रणनीति बनाउँदै छ । त्यही रणनीतिको तयारीका लागि उनीहरु कांग्रेस नेताहरुसँग भेट गरिरहेका छन् ।

बिहान ९ बजे बुढानीलकण्ठ पुगेका ठाकुर महतो र देउवाबिच भएको छलफलको बिषय भने बाहिर आएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।

तर, ओलीलाई विस्थापन गरेर नेपाली कांग्रेसका सभापति देउवाको नेतृत्वमा ओलीइतरको गठबन्धन सरकार बनाउने तयारी तीब्र बनेपछि राजनीतिक भेट र संवादका शृंखला पनि तीब्र बनेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार