देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुद्धले देखाएको अहिंसा, शान्तिको मार्ग आज पनि सान्दर्भिक – प्रधानमन्त्री दाहाल

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्दा राष्ट्रिय एकता र आपसी सद्भावले उचाइ हासिल गर्ने बताएका छन्।

विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा  शुभकामना व्यक्त गर्दै उनले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री दहालले शुभकामना सन्देशमा भनेका छन् ‘नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्दछ।’

नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण रहेको उनको भनाई छ।

शुभकामना सन्देशमा भनिएको छ,‘आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार