देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुद्ध एयरको विमानमा फेरि समस्या, झन्डै पौने घन्टा आकाशमा होल्ड हुँदा एक यात्रु बेहोश

0

काठमाडौं – काठमाडाैंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज झन्डै पौने घन्टापछि अवतरण भएको छ ।

काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ । बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।

बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएकै कारण सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ । उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

नेपालगञ्जको मौसम खराब भएका कारण केहि समय जहाज आकाशमा होल्ड गर्नुपरेको बुद्ध एयरका सुचना अधिकारी बताउँछन् ।

पटक पटक समस्या आइरहन थालेपछी नेपालको आन्तरिक उडानमा अग्रपंक्त्तिमा रहेको बुद्ध एयरप्रति यात्रुहरुको विश्वशनियता कम हुँदै गएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार