देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुधबार थप १५ सय ५९ जना कोरोना संक्रमित थपिए

0

काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरसका एक हजार ५ सय ५९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५ सय ८२ महिला र ९ सय ७७ पुरुष संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय २ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९७, भक्तपुरमा ९३ र ललितपुरमा १ सय १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट एक हजार ५७ जना डिस्चार्ज भएका छन् । हालसम्म ५६ हजार ४ सय २८ जना डिस्चार्ज भएका छन् । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।

३० जना कोरोना संक्रमितको भेन्टिलेटरमा र २ सय १ जनालाई आईसीयूमा राखेर उपचार भइरहको मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार