देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुधबार थप १ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ३८ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

जसमध्ये काठमाडौंमा ८ सय २२, ललितपुरमा १ सय ६८ र भक्तपुरमा ४८ जना छन् । सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको १ लाख ८२ हजार ७ सय ८० संख्या पुगेको छ ।

२४ घण्टामा जम्मा ६ हजार ७ सय ३१ पीसीआर परीक्षण भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट १ हजार २ सय ५९ जनाको मृत्यु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार