देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुधबार नेप्सेमा करीब ५ अर्ब बराबरको कारोबार

0

काठमाडौं – तिहारपछि कारोबार भएको पहिलो दिन धितोपत्र बजार आज एक दशमलव ३६ प्रतिशतले उकालो लागको छ । बजार परिसूचक नेप्से आज २३ दशमलव ३२ अंकले उकालो लागेर एक हजार ७ सय ४१ दशमलव ८१ बिन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेसँगै धितोपत्र बजारमा आज करीब ५ अर्ब रुपैयाँ बरारबको कारोबार भएको छ । नेप्सेमा आज ४ अर्ब ७९ करोड १० लाख ४१ हजार रुपैयाँ बरारबको कारोबार भएको छ ।

नेप्सेमा आज कारोबार भएका बैंकिङ, विकास बैंक र जलविद्युत बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ५ सय २१ दशमलव ३७ अंकले बढेको छ ।

यस्तै, निर्जीवन बीमाको ३ सय ९७ दशमलव ४८, उत्पादन मूलकको २ सय ३५ दशमलव ४५, व्यापारको १ सय ८१ दशमलव ८ र होटल कम्पनी समूहको उपसूचक ३९ दशमलव ६ अंकले बढेको छ । बुधबार कारोबारमा आएका कम्पनीहरुमा ६ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन हिमालय डिस्टिलरी र गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनी र बोटलर्स नेपाल (तराई) को ९.९९ प्रतिशत, साल्ट ट्रेडिड. कम्पनीको ९.९८ प्रतिशत र शिवम सिमेन्टको ९.२५ प्रतिशतले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ९४ कम्पनीका ४३ हजार ६ सय ७३ कारोबारबाट एक करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस दिन कारोबार रकमका आधारमा नेपाल पुर्नबीमा कम्पनी अगाडि रह्यो । सो कम्पनीको सबैभन्दा बढी ३३ करोड ६२ लाख ४५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको ३० करोड ८५ लाख, शिवम सिमेन्टको २२ करोड ७९ लाख, एनआइसी एशिया बैंकको १८ करोड १२ लाख र प्रभु बैंकको १६ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार