देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुधबार नेप्से ६८ अंकले घट्यो

0

काठमाडौं – धितोपत्र बजारमा आज बुधबार कारोबार मापक नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । नेप्से ६८.४७ अंकले घटेर एक हजार चार सय ४१.२० बिन्दु कायम भएर कारोबार बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सेन्सेटिभ परिसूचक समेत आज १५.१७ अंकले घटेर तीन सय ८.८७ बिन्दुमा झरेको छ । १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन सबै उपसमूहहरु घटेका छन् । बैंकिङ ६०, व्यापार २, होटल ८०, विकास बैंक ७२, जलविद्युत २९, फाइनान्स १४, निर्जीवन बीमा ४०६, उत्पादन ८८, अन्य २८, लघुवित्त १४८ तथा जीवन बीमा ४५६ अंकले घटेका छन् ।

आज कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो । सो कम्पनीको २६ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार