देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुधबार बाट निजी क्षेत्रका सबै उडान बन्द

0

काठमाडौँ-  वायुसेवा सञ्चालक संघ, नेपालले संघसँग आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपतलीन उद्धारलगायत नियमित उडानहरु भोलिबाट असार ८ गतेबाट स्थगित गर्ने भएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी असार १३ गतेदेखि लागू हुने गरी तोकिएको आधार (अपरेटिङ बेस) विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने र हेलिकप्टर कम्पनीले पनि असार ७ गतेदेखि सोही नियम लागू हुने निर्णयको विरोधमा उडान बन्द गर्ने जनाएको हो ।

‘यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाका लागि स्वयं पर्यटन मन्त्रालय र प्राधिकरण जवाफदेही रहेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा छ ।

संघले प्राधिकरणबाट जारी विज्ञप्तिबाट उत्पन्न समस्या निराकरणका लागि संघको पहलप्रति प्राधिकरणले गरेको वेवास्ताप्रति खेद प्रकट गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार