देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बेंगलोरलाई हराउँदै सनराइजर्स हैदराबाद क्वालिफायरमा

0

एजेन्सी – सनराइजर्स हैदराबाद यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको १३२ रनको लक्ष्य हैदरावादले १९ ओभर ४ बलमा चार विकेट गुमाउँदै १३२ रन बनायो । हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विलियमसनले २ चौका र २ छक्काको सहयोगमा ५० रनको योगदान गरे ।

डेभिड वार्नर १७, मनिष पान्डे २४ र प्रियम गर्ग ७ रनमा आउट भए । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, आरोन फिन्चले ३२ रन जोड्दा शिबम दुबेले ८ रन जोडे । कप्तान विराट कोहली ६ रनमा आउट भए ।

बलिङतर्फ हैदरावादका लागि जेसन होल्डरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै थङ्गार्सु नटराजनले दुई विकेट लिँदा साहजब नदिमले एक विकेट लिए ।  हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार