देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बेंग्लोरमा ग्यास लिक हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु

0

काठमाडौं – भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार बेंग्लोरस्थित यलहंका भन्ने ठाउँमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका– ११ निवासी ३२ वर्षीय मदन बोहराको परिवारका पाँच सदस्यको मृत्यु भएको हो । 

दूतावासका अनुसार ग्यास लिक हुँदा मृत्यु हुनेमा ३२ वर्षीय मदनका साथै उनकी पत्नी ३० वर्षीया प्रेमजला, छोरीहरू ११ वर्षीया निता र आठ वर्षीया अनिता तथा चार वर्षीय छोरा प्रशान्त रहेका छन् । 

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको बताए । ‘परिवारसँग खबर गरेका छौँ । सम्पर्कमा आइसकेका छैनन् । आएपछि के गर्न सकिन्छ, के पाउन सक्ने रहेछ, क्षतिपूर्तिको सन्दर्भमा दूतावासले पहल गर्छ,’ राजदूत शर्माले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार