देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बेलायतका राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

0

(काठमाडौं) – बेलायतका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस संक्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर, उनको स्वास्थ्य अवस्था राम्रो भएको उनका एक प्रवक्ताले बताएका छन् ।

उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ । तर उनमा भाइरस भएको देखिएन । चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको बीबीसीले उल्लेख गरेको छ ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका “कसबाट राजकुमारमा भाइरस र्सयो त्यो पत्ता लगाउन सम्भव“ नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार