देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बेलैमा कार्य सम्पादन गरेकोमा सबै गाउँपालिका लाई गाउँपालिका महासंघको धन्यबाद

0

काठमाण्डौं – नेपालको संबिधान र संघिय कानुन अनुसार स्थानिय निकायले निति तथा कार्यक्रम र बजेट स्विकृत गरेकोमा गाउँपालिका महासंघले सबै स्थानिय तहलाई धन्यबाद दिएको छ ।

कुल ४६० गाउँपालिका मध्ये ४२३ अर्थात ९२ प्रतिशत गाउँपालिकाले तोकिएकै समयमा निति तथा कार्यक्रम र बजेट स्विकृत गरिसकेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रिय महासचिव बंशलाल तामाङद्वारा जारि विज्ञप्तिमा जनाइएको  छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा रहेर कार्य गरिरहेता पनि संबिधान र कानुनले तोकेको जिम्मेवारिलाई प्राथमिकताकासाथ समयमै सम्पन्न गरेकोमा सबै गाउँपालिकालाई विज्ञप्ति मार्फत महासंघले धन्यबाद दिएको हो ।

तोकिएको समयसिमा भित्र निति तथा कार्यक्रम र बजेट पारित गर्न देखाईएको उत्साह प्रति खुशि ब्यक्त गर्दै महासंघले आगामि दिनमा सफल कार्यान्वयनको लागी बार्षिक कार्ययोजना बनाइ अघी बढ्न सबै गाउँपालिका लाई अनुरोध गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार