देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बेवारिसे शव निशुल्क सदगत गर्ने व्यवस्था मिलाउन निर्देशन

0

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको शवलाई नि:शुल्क सदगत गर्ने व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बेवारिसे शवलाई नि:शुल्क सदगत गर्ने व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।

असाहाय जीवन यापन गरी कुनै कारणबस् मृत्यु भई लामो समय आफन्तहरु सम्पर्कमा आउन नसकेका कारण अस्पताल तथा अन्य क्षेत्रमा बेवारिसे अवस्थामा रहेका शवको सद्गत तथा व्यवस्थापन गर्न मन्त्रालयले कोषलाई निर्देशन दिएको हो ।

मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेलले एक विज्ञप्ति जारी गर्दै बेवारिसे शवको सम्बन्धमा सम्बन्धित स्थानीय तह, स्थानीय प्रशासन, सम्बन्धित अस्पताल लगायतबाट प्रमाणित कागजात लिई त्यसको अभिलेख राख्न पनि कोषलाई भनेको छ ।

साथै, सो कार्यका लागि थप बजेट आवश्यक पर्ने भएमा कार्यविधि निर्माण गरी पशुपति क्षेत्र विकास समितिको बोर्ड/सञ्चालक समितिमा पेश गर्न निर्देशन दिएको मन्त्रालयका उपसचिव भुर्तेलले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार