देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैंकहरूले तोके नयाँ ब्याजदर चैत महिनाका लागि

0

काठमाडौँ – चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

नयाँ महिनाको लागि अघिल्लो महिना नै ब्याजदर तोकिसक्नुपर्ने नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले यस्तो ब्याजदर सार्वजनिक गरेका हुन् ।

यसमध्ये अधिकांश १७ वटा बैंकहरुको ब्याजदर घटेको छ । दुई बैंकको ब्याजदर बढ्दा एउटा बैंकको ब्याजदर स्थिर रहेको छ ।

चैतका लागि ब्याजदर बढाउने बैंक एनआईसी एसिया हो । सो बैंकले व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशत र संस्थागत मुद्दतीमा १.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । बैंकमाथि विश्वास कम भएर पूँजी पलायन भएपछि संस्थागत निक्षेपकर्तालाई आकर्षित गर्न बैंकले ब्याजदर बढाएको देखिएको हो । 

आगामी महिनाका लागि व्यक्तिगत मुद्दतीमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् । संस्थागतमा भने प्रभु बैंकले ब्याजदर स्थिर राख्दा ग्लोबल आईएमईले बढाएको छ । बाँकी १७ बैंकले भने चैत महिनाको लागि सबैजसो खाताको ब्याजदर घटाएका छन् ।

बैंकहरूमा अधिक तरलता रहेकोले चैतको लागि बैंकहरूले ब्याजदर घटाएका हुन्। हाल बैंकहरूमा ६ खर्बभन्दा बढी अधिक तरलता छ। 

तर, बैंकहरूको कर्जा लगानीमा वृद्धि हुन सकेको छैन। राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक अनुसार माघसम्ममा बैंकहरूको कर्जाको वृद्धि दर ४.१ प्रतिशत थियो।

बैंकचैतको लागि  ब्याजदरफागुनको लागि ब्याजदर
एनआइसी एशिया बैंक८.५४
माछापुच्छ्रे बैंक७.७५
सिटिजन्स बैंक७.७५८.२५
ग्लोबल आइएमई बैंक७.६७.६
कुमारी बैंक७.५१८.०१
सिद्धार्थ बैंक७.५
हिमालयन बैंक७.५८.१५
प्रभु बैंक७.५७.५
लक्ष्मी सनराइज बैंक७.५
नबिल बैंक७.२५७.७५
सानिमा बैंक७.२५७.५१
प्राइम कमर्सियल बैंक७.२५७.४
नेपाल एसबिआइ बैंक७.०१८.१
एनएमबी बैंक८.५
स्ट्यान्डर्ड चार्टर्ड बैंक७.३५
नेपाल बैंक७.२५
नेपाल इन्भेष्टमेन्ट बैंक
राष्ट्रिय वाणिज्य बैंक७.३५
एभरेष्ट बैंक६.५
कृषि विकास बैंक५.६६६.४४
द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार