देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

0

काठमाडौं  – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोल रहेका छन् ।

उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले बैकिङ कसुर मुद्दामा १ करोड ६५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको आज पक्राउ गरेको हो ।

उनलाई कैद तथा जरिवाना असूलीतर्फ आवश्यक कारबाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार