देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

0

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार सत्य नारायणलाई विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै सत्य नारायणले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँका चेकहरु काटी  बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।

उनलाई फैसला कार्यान्वयनको बिहीबार जिल्ला अदालत पर्सामा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार