देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

0

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई काठमाडौं चण्डोलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र १६ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार रहेकी उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

भावनाले २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय टंगाल खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।

भावनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार