देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

0

झापा – बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका-५ घर भएका ३० वर्षीय सुजन देवान रहेका छन् ।

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ फागुन २० गतेको फैसलाले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय भई फरार रहेका देवानलाई उनकै घरवतनबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी वहुविवाह मुद्दामा जिल्ला अदालत झापा भद्रपुरको २०७५ जेठ १३ गतेको फैसलाले ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय ठहर भएकोमा २७ दिन कैद असुल भई बाँकी ११ महिना ३ दिन बेरुजु रही फरार रहेका ईलाम चुलाचुली गाउँपालिका-४ घर भएका ३० वर्षीय बीर बहादुर लिम्बुलाई उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार