देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैतडीमा जिप दुर्घटना ५ जनाको मृत्यु , ४ घाइते

0

बैतडी – मंगलबार दिउँसो बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डामा ना १ ज २१९६ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ४ जना घाईते छन् ।

दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटकी पार्वती चन्द, सोही ठाँउकी अर्की पार्वती चन्द, दशरथचन्द नगरपालिका–४ जर्गगाउँका भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका कृष्ण लावड र सुनर्या गाउँपालिका–४ की कलावती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण प्रसाद अधिकारीले बताए ।

भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर घर फर्कन लागेका उनीहरु सवार जीप आज दिउँसो साढे १ बजेतिर दुर्घटनामा परेको हो ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप चालक गोपाल कार्की फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार