देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैशाखदेखि दिर्घरोगीहरुलाई मासिक ५ हजार भत्ता ,यस्तो छ कार्यविधि

0

काठमाडौैं – सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि आगामी बैशाखदेखी मासिक पाँच हजार रुपैयाँ दिने भएको छ ।

औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ मन्त्रिपरिषद् बैठकले स्वीकृत भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउने भएका हुन् ।

अब स्थानीय पालिकाले यस्ता बिरामीको लगत संकलन गर्नेछ । लगत संकलन पछि नाम अध्यावधिक गरिने छ र त्यो तथ्याङ्क पालिकाले स्वास्थ्य मन्त्रालयमा पठाउनेछ । त्यसपछि बिरामीको खातामा रकम पठाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, सरकारबाट उपलव्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता दलित भत्ता, पिछडिएको वर्ग भत्ता, अपांग भत्ता पाउनेले यो भत्ता वा उपचार खर्च मध्ये एक रोज्नुपर्ने छ । यस्तै एक भन्दा बढी रोग लागेकाहरुले पनि दोहारो भत्ता पाउने छैनन् ।

यस्तो छ कार्यविधि –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार