देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैशाख १५, २३ र २९ गते तीन चरणमा मध्यावधि निर्वाचन गर्न सिफारिस

0

काठमाडौं – सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ साल बैशाख १५, २३ र २९ गते तीन चरणमा मध्यावधि निर्वाचन गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा माध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद् बैठकले संसद विघटन र मिति निर्धारण गरी मध्यावधि निर्वाचनका लागि गरेको सिफारिसको निर्णय प्रधानमन्त्री ओलीले दिउँसो राष्ट्रपतिसँग भेट गरी बुझाएका हुन् ।

आफू अनुकुल संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस गर्न परिषद् बैठक बोलाउँदा परिषद् सदस्यहरुले असहयोग गरेको भन्दै परिषद्को कार्यविधि परिवर्तन गर्न अध्यादेश ल्याएपछि ओलीबिरुद्ध पार्टी भित्र र वाहिर चर्काे आलोचना हुँदै आएको छ ।

अध्यादेशको विषयमा छलफल गर्न भन्दै सत्तारुढ नेकपाका ८३ सांसदले हस्ताक्षर गरी विशेष अधिवेशनको आव्हान गरेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएको थिए । तर, उनले अध्यादेश फिर्ता नलिइ संसद नै विघटन गरेका हुन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार