देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ब्राइटन विरुद्धको खेलमा टोटनह्याम २-१ ले विजयी

0

(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ । बिहीबार राति भएको खेलमा कप्तान ह्यारी केन र डेल अलीले गोल गरेपछि टोटनह्याम जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले ब्राइटन एण्ड होव एल्बियन माथि २–१ गोल अन्तरले विजयी भएको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा ब्राइटनका एडम वेब्सटेरले ३७ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यसअघि २४ औं मिनेटमा कप्तान केनले गोल गरेपनि भिएआरको सहायताबाट गोलले मान्यता पाएन । खेलको ५३ औं मिनेटमा कप्तान केनले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।

७२ औं मिनेटमा डेल अलीले अर्को एक गोल थप्दै टोट्नह्यामलाई २–१ जित दिलाए । जितसँगै टोट्नह्याम १९ खेलबाट २९ अंक जोडेर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । पराजित ब्राइटन २० अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार