देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ब्राजिलका लागि नेपालको राजूदतमा काफ्ले

0

काठमाडौं – ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।

आइतबार शितलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलका लागि राजदूत नियुक्त गरेकी हुन् ।

काफ्लेलाई यसअघि नै मन्त्रिपरिषद्ले सिफारिस गरेर संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाइएको थियो ।

अग्रिमो आएपछि उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन् ।  कूटनीतिक क्षेत्रबाटै राजदूत बनेका काफ्ले यसअघि परराष्ट्र मन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुख थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार