देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भक्तपुरबाट तीन पाकेट मारा पक्राउ

0

(भक्तपुर) – बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट भक्तपुरको दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारी भाग्दै गर्दा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेबाट मंगलबार महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई पक्राऊ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् ।

११ हजार रुपैयाँ सहित उनीहरुलाई प्रहरीले पक्राऊ गरेको छ । प्रहरीले पक्राऊ परेका तीन जनालाई मङ्गलबार नै चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार