देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भक्तपुरमा एक प्रहरी सहित ३ जनामा संक्रमण पुष्टि

0

(भक्तपुर) – एक प्रहरी सहित भक्तपुरका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुष र कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीमा संक्रमण देखिएको हो ।

चाँगुनारायण नगरपालिकाका ३२ वर्षीय प्रहरी जवानलाई संक्रमण पुष्टि भएपछि परिसरको सञ्चार कक्ष सिल गरिएको छ । त्यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

उनलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी, भक्तपुर नगरपालिका–६ का संक्रमित पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

त्यस्तै, गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

संक्रमण पुष्टि भएपछि तीनै जनालाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको उनले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार