देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भक्तपुरमा दुई दिने निरंकारी सन्त समागम आयोजना हुने

0

भक्तपुर – भक्तपुरमा दुई दिने सन्त समागम आयोजना हुने भएको छ । सन्त निरंकारी मण्डल नेपालको आयोजनामा यही चैत्र ३ र ४ गते सो सत्संघ आयोजना हुने भएको हो ।

सन्त निरंकारी मण्डल नेपालले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै ‘२३ औं निरंकारी सन्त समागम नेपाल’ सल्लाघारीको चौरको १०८ रोपनि जग्गामा आयोजना हुने उक्त कार्यक्रमदुई दिनसम्म चल्ने जानकारी दिएको छ ।

उक्त कार्यक्रमका लागि १२०० जना स्वयंसेवक खटाइएको आयोजकले जनाएका छन् । सत्संघमा उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खाने बस्ने व्यवस्था, यातायात, पानी, ५०० वटा शौचालय आदिको व्यवस्था रहने र अन्य किसिमका खानेकुराका लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त कार्यक्रमका लागि स्वयंसेवकहरुले निःशूल्क सफा गरि पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए ।

सो कार्यक्रमका लागि १० हजार भारतीय र करिब ५ हजार नेपालीको उपस्थिति रहने आयोजकले जनाएका छन् । कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङ नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ ।

१०० भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा १२५ सत्संघ भवन रहेका छन् । भोलिबाट सुरु हुने कार्यक्रम नेपालमा पहिले पनि आयोजना भएका भएतापनि यसपटकको भने नेपालमा आयोजना भएकामध्ये सबैभन्दा भव्य रहने आयोजकको अपेक्षा छ ।

यसअघि सन्त समागममा सन्त निरंकारी मिशनले समाज कल्याणका लागि निःशूल्क स्वास्थ्य जाँच एवं रक्तदान शिविर समेत सञ्चालन गरेको थियो । मिसनका माध्यमबाट भूकम्प पीडितलाई राहत दिँदै आइएको छ । मिसन अन्तर्गतका विभिन्न संस्थाहरुले खोलानदी, मसानघाट लगायतका स्थान सफा गरि वातावरण प्रवर्धनमा समेत सहयोग पुर्याउँदै आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार