देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भक्तपुरमा भेटिएका संक्रमितमध्ये एक नर्स र अर्का सशस्त्र प्रहरी

0

(भवनाथ आचार्य/काठमाडौं) – भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना हेल्थ केयर स्टाफ र अर्का एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित महिला बैशाख २९ गते सुनसरीबाट मोटरसाइकलमा काठमाडौं आएको खुलेको छ ।

दुबै संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित घरमा बस्दै आएका थिए ।

भक्तपुरमा भेटिएका ती २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ ।

चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए । ती दुबै संक्रमितलाई मंगलबार नै टेकु अस्पताल भर्ना गरिएको छ ।

दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । प्रहरीले अहिले दुवाकोटलाई सिल गरेको छ ।

ती संक्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाकामा साथीसँग बसेको र साथीलाई समेत निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ ।

संक्रमित महिलाको बसोबास मध्यपुर थिमि नगर भनिए पनि यकिन ठेगाना भने खुलाइएको छैन । दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

मंगलबार भक्तपुरका दुई र काठमाडौंमा एक जना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार