देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भट्टराई–यादवबीच एकघण्टा चर्काचर्की

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौ – जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।

डा. भट्टराईले पार्टी विधानअनुसार सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषय पनि बैठकको एजेन्डा बनाउनुपर्ने अडान राखेका थिए । तर, अध्यक्ष यादवले सामूहिक र समानुपातिक नेतृत्वको विषय बैठकको एजेन्डा बनाउन नसकिने अडान राखेपछि करिब एक घण्टाको चर्काचर्कीसँगै यादव सो विषयलाई एजेन्डा बनाउन सहमत भएका बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता, एमसीसी सम्झौता, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समीतिका सदस्यहरुको जिम्मेवारी बाँडफाँड, पार्टी विधान सम्मेलन, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीलगायतका एजेन्डामा छलफल सुरु भएको प्रवक्ता डम्बर खतिवडाले बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार ३४ जना जनाको कार्यकारिणी समिति रहेको जसपामा बहुमत सदस्यले एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने पक्षमा आफ्नो धारणा राखेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार