देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भद्रपुरबाट १७ जना जुवाडे पक्राउ

0

(काठमाडौं) – झापाको भद्रपुरबाट प्रहरीले १७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । भद्रपुर नगरपालिका(५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका ६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार