देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरतपुरका बागी उम्मेदवार पौडेल कांग्रेसबाट निष्काशित

0

काठमाडाैं – भरतपुर महानगरपालिका मेयरमा गठबन्धन दलविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्।

‘नेपाली कांग्रेसकाे विधानअनुसार उहाँलाई कारबाही हुन्छ। पार्टीकाे  निर्णयविपरीत बागी उम्मेदवार उठेकाले कांग्रेसकाे साधारण सदस्यसमेत नरहने गरी उहाँलाई पार्टीबाट निष्काशित गरिने छ,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।

शुक्रबार (आज) बिहान बसेको पाँचदलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत बागी उठेका उम्मेदवारलाई पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो।

बागी उम्मेदवार पौडेलले भने भरतपुरका नेपाली कांग्रेसप्रेमी जनतालाई गठबन्धनका नाममा केन्द्रका नेताले झुक्याएकाले आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान राख्दै उम्मेदवारी कायम राखेका छन्।

पौडेललाई उम्मेदवारी फिर्ता गराउन बिहीबार (हिजो) गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता वालकृष्ण खाण दलबलसहित भरतपुर पुगे पनि उम्मेदवारी फिर्ता लिन पौडेलले अस्वीकार गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार